Incident Reports

भारतीय आक्रमणमा परी मधेशी मोर्चाका पाँच कार्यकर्ता घाइते

2015-12-03

Madhes, Parsa, Birgunj, Ward 16

 वीरगन्ज रक्सौल नाकाको मितेरीपुलमा धर्ना दिएर नाका ठप्प पारेका मधेशी दलका नेता तथा कार्यकर्ताहरूमाथि मङ्सिर १६ गते बेलुकी भारतीयहरूले आक्रमण गरेका छन् । दशगजा क्षेत्रनजिकै रहेको भारत रक्सौलको अहिरवा टोलका भारतीयहरूले धर्नामा बसेका आन्दोलनकारीहरूलाई आक्रमण गर्दा धर्नामा बसेका मधेशी दलका पाँच जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा बारा जिल्ला कलैया नगरपालिकाका सुरेश साह कानु, फेटा-२ का रन्जित साह, दक्षिण झिटकैयाका राम दहिन यादव, नन्दु यादव र वीरगन्ज-१३ का फिरोज बाबु खान रहेका छन् । उनीहरू मध्ये कानुको अवस्था गम्भीर छ । घाइते पाँचै जनाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । बेलुकी साढे आठ बजे तिर रक्सौलको अहिरवा टोलबाट करिब एक सय जनाको सङ्ख्यामा लठ्ठी भाटा बोकेर आएका भारतीयहरूले मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीहरूमाथि आक्रमण गरेका हुन् । आन्दोलनकारीहरूले धर्ना स्थलमा टाँगेको टेण्ट भत्काएका छन् । भारतीयहरूले धर्ना स्थलबाट आन्दोलनकारीलाई लखेटेपछि वीरगन्जतर्फ अड्किएर बसेको एउटा भारतीय खाली ट्रकलाई रक्सौल छिराएका छन् । नेपालमा सामान खन्याएर भारत फर्कन लागेका खाली भारतीय ट्रकहरू रक्सौल छिराउनकै लागि भारतीयहरूले धर्नामा बसेका आन्दोलनकारीहरूमाथि आक्रमण गरेका हुन् । वीरगन्ज भन्सार क्षेत्रमा भारतका २५/३० ओटा खाली ट्रकहरू नाकामा भएको अवरोधका कारण थन्किएर बसेका छन् । भारतीयहरूले धर्ना स्थलमा बसेकाहरूलाई कुटपिट गरेको खबर पाएलगत्तै वीरगन्ज र आसपासको क्षेत्रबाट अरु आन्दोलनकारीहरू गएराति नै मितेरी पुलमा पुगेर नाका फेरि ठप्प पारेका छन् । धर्नामा बसेका अधिकांश आन्दोलनकारीहरू खाना खानको लागि रक्सौलमा सञ्चालित मेसमा गएको मौका छापेर भारतीयहरूले धर्ना स्थलमा आक्रमण गरेको संघीय मधेशी गठबन्धनका नेता राजकुमार यादवले बताए । यसअघि मङ्सिर १४ गते बिहान पनि खाली भारतीय ट्रक रक्सौल छिराउन खोजेका भारतीय चालक र आन्दोलनकारीहरूबीच विवाद भएको थियो । बिहान ६ बजे तिर धर्नामा बसेका आन्दोलनकारीहरू शौच गर्नका लागि गएका बेला वीरगन्जमा रोकिएका भारतीय खाली ट्रकका चालकहरूले आफ्नो गाडी भारत तर्फछिराउन खोजेपछि आन्दोलनकारीहरूसँग विवाद भएको थियो। आन्दोलनकारीहरूले भारत छिर्न नदिएपछि भारतीय चालकहरू ट्रक मितेरी पुलबाट फर्काएका थिए। संविधान निर्माण र सीमांकनको बिरोधमा मधेशी दलहरूले वीरगन्ज-रक्सौल नाकाको मितेरी पुलमा गत असोज ७ गतेदेखि धर्ना जारी राखेका छन् । केसी लामिछाने
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons Blunt weapon
Primary Cause Other governance issues
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
Total Injured 5
INSEC

0 Comments