Incident Reports

सर्लाहीको नवलपुरमा मोर्चाको बिरोध सभा

2015-12-03

Madhes, Sarlahi, Ward 2

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्व पश्चिम राजमार्गमा पर्ने नवलपुरमा बिहीबार जनप्रदर्शन गरेको छ । मोर्चाले हजारौंको संख्यामा मानिसहरु राजमार्गमा उतारेको छ । राजमार्ग केन्दि्रत आन्दोलन गर्ने मोर्चाको केन्द्रीत नीति अन्तर्गत बुधबार धनुषाको ढल्केवरमा र बिहीबार नवलपुरमा प्रदर्शन गरिएको छ । गतसाता फूल्जोरस्थित राजमार्गमा धर्ना बसेका मोर्चा कार्यकर्तामाथि चुरे भावर पार्टीका कार्यकर्ताले ढुंगा हानेर बिथोलेपछि मोर्चाले आजको बिरोधसभालाई शक्ति प्रदर्शनकै रुप दिएको छ । राजमार्गको एक किलोमिटर क्षेत्र मानिसहरुले खचाखच भरिएका छन् । भावरले मोर्चाको कार्यक्रम बिथोल्ने चेतावनी दिदैं आएकाले कुनै प्रकारको झडप हुन नदिन प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाएको छ । सभालाई तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, संघीय समाजवादी फोरम नेपालका नेता मो. रिजवान अन्सारी, तमालोपा सभासद जंगीलाल राय यादव लगायतका नेताहरु सम्बोधन गरेका छन्
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis