Incident Reports

ग्यास ल्याउँदा मोटरसाइकल जलाइदिए

2015-12-04

Gandaki, Nawalparasi East, Binayee Tribeni, Ward 3

जिल्लाको बैदौली, घरमौलीमा आन्दोलनकारीले मोटरसाइकलमा आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय, बेलटारीका अनुसार बुधबार राति भारतबाट ग्यास सिलिन्डर लिएर आउँदै गरेको मोटरसाइकल आन्दोलनकारीले नियन्त्रणमा लिएर आगजनी गरेका हुन्। आगजनीबाट नम्बर नखुलेको उक्त मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त छ । तीन व्यक्ति तीनवटै मोटरसाइकलमा ग्यास लिएर आउँदै गर्दा आन्दोलनकारीले रोकेका थिए । आन्दोलकारीले नियन्त्रणमा लिन थालेपछि उनीहरू ग्यास र मोटरसाइकल छाडेर भागेका थिए । प्रहरीले उक्त स्थानबाट पाँचवटा सिलिन्डरसमेत बरामद गरेको छ । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनायो ।
National/Online Media

0 Comments

Related Trend Analysis