Incident Reports

कालोबजारी गर्ने दोलखाको आयल स्टोरमा सिलबन्दी

2015-12-16

Bagmati, Dolakha, Baiteshwor, Ward 5

जिल्लाको काभ्रे गाविसको मैनापोखरी बजारमा रहेको कालिन्चोक आयल स्टोरले इन्धन कालोबजारी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेको छ । स्टोरले स्थानीय प्रशाशनको आँखा छलेर ८६ रुपैयाँ पचास पैसा प्रतिलिटर पर्ने डिजेललाई रु १२० देखि रु १५० मा बिक्री गरेको पाइएपछि सिलबन्दी गरेको हो । उक्त आयल स्टोरका सञ्चालक शिवप्रसाद लामिछानेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले जानकारी दिए । 'छ हजार लिटर डिजेल चर्को मूल्य असुलेर बिक्री गरेको जानकारीमा आएको छ, अनुसन्धान गर्दैछौँ' उनले भने । सो परिमाणको डिजेल उक्त आयल स्टोरले गत आइतबार थानकोटबाट मैनापोखरी ल्याई बिक्री गर्दैगरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments