Incident Reports

अान्दोलनकारीद्वारा ढुंगा र शिशा बोतल प्रहार, प्रहरीले खोल्यो फायर

2015-12-20

Madhes, Rautahat, Gaur

मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप हुँदा रौतहट सदरमुकाम गौर तनाबग्रस्त बनेको छ। सदरमुकामस्थित बीपी चोकमा जम्मा भएका आन्दोलनकारीले प्रहरीमाथि ढु‌ंगा फ्याँकेपछि प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ। त्यसपछि अान्दोलनकारीले प्रहरीमाथि शिशा बोतल प्रहार गरेपछि प्रहरीले २ राउन्ड हवाइ फयार गरेको छ। प्रहरीले माइकिङ गर्दै आन्दोलनलाई शान्तिपूर्ण बनाउनसमेत आग्रह गरेको छ। प्रहरीले माइकिङमार्फत् ढुंगा र शिशाका बोतल प्रहार गरे गोली चलाउन बाध्य हुने चेतावनी दिइरहेको छ। जिल्ला प्रहरी कार्यालय र वीपी चोकको बीचमा प्रदर्शनकारीले ढुंगामुढा तथा शिशाका बोतल प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको हो। जिल्ला प्रहरी कार्यालय नजिक पुगेका आन्दोलनकारीलाई लेखेट्दै प्रहरी टोली वीपी चोक पुगेको छ। प्रदर्शनकारी प्रहरी रहेको स्थानभन्दा दुई सय मिटर परबाट ढुंगामुडा गरिरहेका छन्। कविर चोक र टिकुलियालाई केन्द्र बनाएर एक हजारभन्दा बढी प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरिरहेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Small arms
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis