Incident Reports

गौर झडपमा प्रहरीको गोली लागी १ आन्दोलनकारीको मृत्यु, स्थिति तनावग्रस्त

2015-10-18

Madhes, Rautahat, Gaur

रौतहटको सदरमुकाम गौरमा आइतबार अपरान्ह संयुक्त मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागी एक आन्दोलनकारीको मृत्यु भएको छ । झडपमा अर्का एक समान्य घाइते भएका छन् । झडपका क्रममा तेजापाकड–१ का १८ वर्षीय शेख तबरेजको प्रहरीले हानेको गोली लागी मृत्यु भएको हो । झडपमा गोली लागी घाइते तबरेजको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको मृत्यु भएको अस्पतालका डाक्टर कृष्ण साहले पुष्टी गरेका छन् । विपीचोकमा भएको झडपको क्रममा तबरेजलाई कोखामा गोली लागेको छ । मोर्चा नेता अनिल सिंहले प्रहरीले ताकेरै गोली चलाएको आरोप लगाए । मृतक आन्दोलनकारी तबरेज गौरस्थित जुद्धमाविको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । झडपमा गौर नगरपालिका–५ का आफताब आलम समान्य घाइते भएका छन् । उनलाई ढुंगाले लागेको छ । विपीचोक लगाएतका स्थानमा अहिले झडप भइरहेको छ । प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न अश्रुग्यास र हवाई फायर गरेको छ । प्रमुख जिल्ला अधिकारी नरहरी बरालले आन्दोलन निकै हिंसात्मक बनेकोले बल प्रयोग गर्नु परेको जनाए । उनले भने, 'शान्तिपूर्ण भन्ने सोचेका थियौं । तर धैर्य गर्दागर्दै आन्दोलनकारी हिंसात्मक बन्न पुगे ।' अघिल्लो दिनको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा विद्यार्थी फोरमले प्रहरी माथि ढुंगामुढा गर्न थालेपछि आइतबार बिहानबाट झडप सुरु भएको हो । प्रहरीले माइकिङ गर्दै आन्दोलन शान्त बनाउन आग्रह गरेको छ । प्रहरीले अनाहकमा हस्तक्षेप गरेको मोर्चा नेता सिंहले आरोप लगाए । आन्दोलनकारीले सिसाका बोतल समेत प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जनाएको छ । गाउँगाउँबाट आएका आन्दोलनकारीले अहिले विपीचोक, प्रशासन कार्यालय र नेपाल लज अगाडिबाट प्रहरी माथि ढुंगामुढा गरिरहेका छन् । केही दिन यता शान्त गौर बजार झडपको घट्नाले फेरी तनाब बनेको छ । शनिबार नगरपालिकाको बारुणयन्त्र तोडफोड र विद्यार्थी फोरम नेता ललन यादव पक्राउ पछि यहाँ आन्दोलन चर्केको हो । सिमांकन र सविधानको विरोधमा ४ महिनादेखि मोर्चा आन्दोलनमा छ । सरकारसँग पटक-पटक गरेको वार्ता नाटक भन्दै मोर्चाले आन्दोलन चर्काउने निर्णय गरे पछि यहाँ सुरक्षाकर्मीसँग झडपको घट्ना भएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
Total Killed 1
Youth Killed 1
Total Injured 1
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis