Incident Reports

सर्लाहीमा तनाब, जिल्ला प्रशासनमा तोडफोड सर्लाहीमा तनाब, जिल्ला प्रशासनमा तोडफोड

2015-12-20

Madhes, Sarlahi, Malangawa, Ward 4

मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला प्रशासन कार्यलयमा तोडफोड गरेका छन्। संसदमा पेश भएको संविधान संशोधन विधेयकको प्रति जलाउन जिल्ला प्रशासन कार्यालय पुगेका मोर्चाका कार्यकर्ताले जिल्ला प्रशासनको राहदानि फाटमा रहेको कम्प्युटर र प्रिन्टर तोडफोड गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यलय सर्लाही बन्द गराउँदै तोडफोडमा उत्रिएपछि प्रहरीले मोर्चाका कार्यक्रता पक्राउ गरेको छ। संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादव, सदभावना पार्टीका जिल्ला अध्यक्ष प्रमोद साह र तराइ मधेस सदभावना पार्टीका जिल्ला अध्यक्ष कौशल रायसहित मोर्चाका अन्य कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको तमलोपा जिल्ला अध्यक्ष जंगिलाल रायले बताए । संविधान संशाेधनका लागि पेश भएको दुई विधेयक जलाउन जिल्ला प्रशासन कार्यालय अगाडि जम्मा भएका मोर्चाका कार्यकर्ता जिल्ला प्रशासन कार्यालय बन्दा गराउने क्रममा तोडफोड गर्न थालेपछि संघीय समाजवादी फोरम नेपाल, सदभावना र तमसपाका जिल्ला अध्यक्षहरु पक्राउ परेका हुन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis