Incident Reports

मधेशका विद्यालयहरु फेरि बन्द

2015-12-20

Madhes, Dhanusha, Janakpur

तीन महिनालगातार बन्दपछि खुलेका मधेशका विद्यालयहरु फेरि बन्द भएको छ। शरत्सिंह भण्डारी नेतृत्वको रामसपा निकट समाजवादी विद्यार्थी संघको दबावपछि स्कुल, कलेज बन्द गरिएको हो। आइतबार साँझ उच्च मावि संघ (हिसान) ले बैठक गरी सोमबार र मंगलबार दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। 'आइतबार क्याम्पसमै पुगेर केही आन्दोलनकारीले ढुंगामुढा गर्दा सयौं विद्यार्थीको सुरक्षा चुनौती थपिएकाले तत्काल दुई दिन बन्द गर्ने निर्णय गरेका छौं,' हिसान अध्यक्ष राधाप्रसाद यादवले भने,'सरोकारवाला पक्षले चासो देखाएन भने अनिश्चितकालीन बन्द पनि हुनसक्छ ।' यसैबीच, निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले पनि विद्यालयको सुरक्षा ग्यारेन्टी नभएसम्मका लागि सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको धनुषा प्याब्सनका उपाध्यक्ष विश्वलाल सिंहले जानकारी दिए।समाजवादी विद्यार्थी संघले शनिबारै बन्दको घोषणा गरेपनि प्याब्सन र एनप्याब्सनले व्यक्तिगत निर्णयको पछि नलाग्ने भन्दै विद्यालय बन्द नगर्ने अडान लिएको थियो। आइतबार बिहान संघका कार्यकर्ताहरुले कलेज र स्कुलहरुमै पुगेर बन्द गराउन थालेपछि केही ठाउँमा तनाव सिर्जना भएको थियो। जनकपुरस्थित मिट कलेजमा बन्द गराउन गएका आन्दोलनकारी विद्यार्थी र त्यहाँ अध्ययनरत विद्यार्थीबीच झडप भएपछि प्रहरीले संघका अध्यक्ष ज्ञानेन्द्र झालाई नियन्त्रणमा लिएको थियो। झालाई प्रहरीले पक्राउ गरेपछि उनी समर्थित युवाहरुले करिब एक दर्जन विद्यालयमा पुगेर बन्द गर्न भन्दै ढुंगामुढा गरेका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis