Incident Reports

मालपोत कार्यालयमा तोडफोड

2015-12-20

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्बद्ध कार्यकर्ताले सिरहा सदरमुकामस्थित मालपोत कार्यालय तोडफोड गरेका छन् । मोर्चाले आह्वान गरेको बन्द उल्लङ्घन गरी मोटो रकम लिएर दलालमार्फत आन्तरिक रूपमा काम गरिरहेको भन्दै मोर्चा कार्यकर्ताले आइतबार अपराह्न मालपोत कार्यालयको भुइँ तल्लाको दुई झ्यालको सिसा फुटाएका छन् । उनीहरूले कार्यालय परिसरमा पार्किङ गरिराखिएको कर्मचारीको को२१प ८१९६ नं.को मोटरसाइकलमा पनि सामान्य तोडफोड गरेको छन् । मोर्चा कार्यकर्ताले बन्दमा मालपोत कार्यालयसँग सम्बन्धित लेखापढीको काम गरेको आरोप लगाउँदै कार्यालय परिसरमा राखिएका लेखापढी व्यवसायीका दुई कुर्सी र एउटा कुर्सीसमेत भाँचेका छन् । मालपोत कार्यालय सिरहाका प्रमुख ज्ञानराज लम्सालले बन्दमा कार्यालयले गर्ने जग्गा रजिस्ट्रेसन, नामसारीलगायत कुनै पनि काम नभएको जिकिर गर्दै मोर्चाले आफूहरूमाथि कार्यालय सञ्चालन गरेको आरोप मात्र लगाएको बताउनुभयो । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis