Incident Reports

रकम हिनामिनाको भन्दै विद्यालयमा तालाबन्दी रकम हिनामिनाको भन्दै विद्यालयमा तालाबन्दी

2015-12-22

Karnali, Jajarkot, Bheri

 विद्यालयको रकम हिनामिना भएको भन्दै जाजरकोटको एक विद्यालयमा अनिस्चितकालीन लागि तालबन्दी गरिएको छ । जिल्लाको पुन्मास्थित विजय माद्यामिक विद्यायल काफलचौरमा अभिभावक र विद्यार्थीहरुले सोमबार प्रधानाध्यापकले रकम हिनामिना गरेको भन्दै अनिश्चितकालीन तालाबन्दी गरेका हुन्। ताला बन्दीपछि विद्यालयको पठनपाठन ठप्प भएको छ । आन्दोलनमा उत्रिएका अभिभावक र विद्यार्थीले प्रधानाध्यापक नरबहादुर घर्तीलाई १ घण्टासम्म कोठामा थुनेका थिए। विद्यालयको रकम हिनमिना गरेको, पाठ्यपुस्तक वितरण नगरेको, २४ लाख लागतको ४ कोठे भवन समयमा पुरा गर्न नसकेको, गणित, विज्ञान शिक्षकको विज्ञापनको सूचना विद्यालयमा टास नगरी सुचना लुकाएको, नियमित पठनपाठन हुनु पर्ने, विद्यालयको आन्तरिक आयव्ययको विवरण प्रस्तुत गर्नु पर्ने लगाएतका माग पुरा नभएसम्म विद्यालयमा लगाइएको ताला नखोल्ने विद्यार्थी भीमराज गौतमले बताए। प्रअ घर्तीले विद्यालयमा चरम लापरवाही गरेको भन्दै आन्दोलन गर्नु परेको अभिभावक चक्रबहादुर मल्लले बताए। तर प्रधानाध्यापक घर्तीले आफ्नो गल्ती नभए पनि पुर्वाग्रही भएर विद्यार्थी र अभिभावकले तालाबन्दी गरेको दाबी गरेका छन् । विद्यालयको ४ कोठे भवन निर्माणको विषयलाइ लिएर गत एक वर्षदेखि उक्त विद्यालयमा अभिभावक रविद्यालय प्रशासनबीच विवाद हुदै आएको छ । यसबारे जिल्ला शिक्षा कार्यालयले पनि छानबिन गरिरहेको बताएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments