2015-12-22
काठमाडौंको चान्लाखेलस्थित एभरेष्ट ग्यास फ्याक्ट्रीमा ढुंगामुढा भइरहेको छ। ग्यास दिने प्रतिबद्धता अनुसार मंगलबार ग्यास नदिएपछि स्थानीय र प्रहरीबीच तनाब भएको हो। भीड नियन्त्रण गर्न प्रहरीले टिएर ग्यार प्रहार गरेका छन्। कीर्तिपुर प्रहरीका अनुसार अहिले पनि ढुंगामुढा भइरहेको छ। चान्लाखेलका स्थानीय सन्तोष क्षेत्रीका अनुसार झडपमा एक जना गम्भीर घाइते भएका छन्। उनका अनुसार ग्यास मालिकले गुन्डाहरु लगाएर स्थानीयलाई कुटपिट गर्न लगाएका थिए। 'ग्यास मालिक शिव घिमिरेले मंगलबार ग्यास दिन्छु भनेका थिए,' स्थानीय क्षेत्रीले भने, 'मंगलबार आलटाल गरेपछि स्थिति तनावपूर्ण बनेको हो।' टियर ग्यासबाट स्थानीय बासिन्दा त्रसित बनेको उनले बताए। घटनाको विस्तृत जानकारी अझै नआइसकेको कीर्तिपुर प्रहरीले जनाएको छ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Group Clash |
Secondary Form | Vandalism |
Weapons | Blunt weapon |
Primary Cause | Issues related to commodity availability, prices, and subsidies |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Police |
Actor 2 - Youth | na |
Total Injured | 8 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD