Incident Reports

बजार बन्द गराउन खोज्ने मोर्चा कार्यकर्तालाई व्यापारीले लखेटे

2015-12-27

Madhes, Bara, Kalaiya

बाराको कलैयामा बजार बन्द गराउँदै हिडेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई व्यापारीहरुले लखेटेका छन् । बजार बन्द गराउँदै हिडेका मोर्चाका कार्यकर्ताले एउटा लुगा पसलमा तोडफोड गर्न थालेपछि व्यपारीहरुले प्रतिकार गर्दै मोर्चाका कार्यकर्ताहरुलाइ लखेटेका हुन् । मोर्चाका कार्यकर्तालाई बजारका व्यापारीहरुले लखेटेपछी कलैया बजार केहीबेर तनावग्रस्त भएको थियो । व्यापारीहरुले मोर्चाका कार्यकर्तालाई बजारबाट लखेटेर भरत चोकसम्म पुर्याएको प्रत्यक्षदर्शीले बताएका छन् । मोर्चाका केन्द्रीय र जिल्ला नेताहरु पुगेर माफी मागेपछि तनाव साम्य भएको थियो । कलैया बजार अहिले पूर्ण रूपमा खुलेको छ ।
National/Online Media

0 Comments