Incident Reports

घरबाट पेस्तोल बरामद, हतियार ओसारपसारमा संलग्न दुईजना पक्राउ

2015-12-28

Madhes, Saptari, Surunga

सप्तरी जिल्लाको हर्दिया गाविसस्थित एक घरबाट प्रहरीले पेस्तोलसहित हतियार कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा हर्दिया गाविस ६ बस्ने २३ वर्षीय राम भरोसे यादवको घरमा लुकाई छिपाई राखिएको एक थान कटुवा पेस्तोल बरामद भएको हो । प्रहरीले हतियार ओसारपसारमा संलग्न घरधनी यादव र सोही स्थानका २० वर्षीय सुशिल खपाङ्गीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका खपाङ्गीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको प्रहरीले जनाएको छ ।
National/Online Media

0 Comments