Incident Reports

मितेरी पुलमा धर्नाकारी र व्यापारीबीच झडप, व्यापारीकाे तर्फबाट पेट्रोल बम प्रहार, २ धर्नाकारी घाइते

2016-01-06

Madhes, Parsa, Birgunj

बुधबार बिहान रक्सौल र वीरगन्जका व्यापारी र मितेरी पुलमा धर्नामा बसेका मोर्चा तथा गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा गठबन्धनका २ कार्यकर्ता घाइते भएका छन् । संघीय समावेसी मधेसी गठबन्धनका नेता राजेशमान सिंहका अनुसार गठबन्धनका २ कार्यकर्ता चुन्नु मिश्रा, सुफ्रुद्दिन अन्सारी घाइते भएका हुन् । रक्सौलबाट सामान लिएर वीगन्ज तर्फ पैदलै आइरहेका व्यापारीहरुलाई धर्नाकारीले अवरोध गर्न खोजेपछि विवाद हुँदा उक्त झडप भएको हो । झडपको क्रममा व्यापारीको तर्फबाट ४/५ वटा पेट्रोल बम समेत प्रहार गरिएको छ । झडपका कारण अहिले वीरगन्ज–रक्सौल सीमा तनावग्रस्त बनेको छ । थप भिडन्त हुन नदिनका लागि पुलमा प्रहरीको पनि बाक्लो उपस्थिति छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Improvised explosive device (IED)
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments