Incident Reports

‘चोर’ पक्राउ गर्ने क्रममा प्रहरी टोलीमाथि नै आक्रमण, प्रहरीले गोली चलायो

2016-01-06

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको गोंगुब बसपार्क क्षेत्रमा ‘चोर’ पक्राउ गर्ने क्रममा प्रहरी टोलीमाथि नै आक्रमण भएको छ । न्यूरोडको एक सुन पसलमा भएको चोरीमा संलग्न दिलबहादुर पुन, उमेश तामाङ र सन्तोष बयलकोटीलाई पक्राउ गर्ने क्रममा उनका आफन्तले प्रहरीमाथि आक्रमण गरेको हो । आक्रमणमा परी प्रहरी नायव निरीक्षक गोपाल थापासहित कोही प्रहरी घाइते भएका छन् । जवाफी कारबाहीका क्रममा एक राउण्ड गोली चलाइएको महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले अनलाइनखबरलाई बताए । प्रहरीको गोली लागेर अमृत बयलकोटी घाइते भएका छन् । उनको तिघ्रामा गोली लागेको छ र टिचिङ अस्पतालमा उपचार भइरहेको छ । उनी दिलबहादुर पुनको समूहको साथी भएको प्रहरीले बताएको छ । उनीहरुले पुस दोस्रो साता न्यूरोडस्थित न्यू लक्ष्मी सुनचाँदी पसलबाट झण्डै एक किलो सुन चोरी गरेको प्रहरीले बताएको छ । पलसका सञ्चालक विष्णु रिजालको बुद्धनगरस्थित घरबाट साँचो चोरेर न्यूरोडस्थित पसल फोडेर चोरेका थिए । पक्राउ परेका दिल वहादुर पुन २०६९ सालमा जिल्ला म्याग्दी दरवाङ स्थित गोबिन्द थापाको घरमा भएको चोरी घटनामा संलग्न रहेको अभियोगमा ३ वर्ष जेल परेका थिए । उमेश तामाङ भने ०७१ सालमा म्याग्दीको वेनी महोत्सवमा भएको लुटपाट तथा झै झगडा घटनामा केही सार्वजनिक अपराधको मुद्दामा ५१ हजार धरौटीमा छुटेका थिए । प्रहरीका अनुसार उनीहरूको समूह मुख्य मुख्य शहरहरुमा सुन चाँदी गहना घर तथा पसल पसलको सटर फोडेर तथा चावी मिलाएर नगद, सुनचाँदीका गरगहना, ल्यापटप, लगाएतका सामानहरु चोरी गर्ने गरेको पाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments