सर्वोच्च अदालतले एकीकृत नेकपा माओवादीका पूर्वसभासद बालकृष्ण ढुंगेलले उन्मुक्ती नपाउने फैसला सुनाएको छ। ओखलढुङगामा उज्जन,गणेश श्रेष्ठको हत्या प्रकरण सम्वन्धी मुद्दामा सावित्री श्रेष्ठले दायर गरेको मुद्दामा फैसला सुनाउँदै बिहीबार आदेश दिएको हो। यसअघि अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला कार्यान्वयन हुनुपर्ने भन्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलाशले श्रेष्ठले दायर गरेको रिटमा फैसला सुनाएको हो। द्वन्द्वकालको समयमा ओखलढुगाका उज्जन,गणेश श्रेष्ठको हत्यामा संलग्न रहेको भनी अदालतले सजाय सुनाएको भएपनि उनी स्वतन्त्र घुम्दै आएका थिए। सर्वोच्चले ढुङेललाई सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वोस्वसहित जन्म कैदको फैसला सुनाएपनि एमाओवादीले संरक्षण गरेपछि खुल्ला रुपमा रहँदै आएका छन् । अघिल्लो संविधान सभाको सदस्यसमेत भएका ढुङगेललाई कारवाही हुनुपर्ने माग गदै उज्जनकी दिदी सावित्रीले पटक पटक सर्वोच्चमा मुद्दा हाल्दै आएकी छिन्। यसअघि भएको आदेश कार्यान्वयन नभएपछि २०६८ जेठमा फैसला कार्यान्वयनको माग गर्दै रिट दर्ता गरेकी थिइन्। उक्त रिटमा फैसला गर्दै सर्वोच्चले ढुङगेलले उन्मुक्ती नपाउने फैसला गरेको हो ।
उज्जनको हत्या २०५५ असार १० गते ओखलढुंगा–७, तार्केबारीमा भएको हो। अर्का भाई गणेशको पनि उजुरी गरेको आरोपमा गणेशको २०५९ साल मंसिर ६ गते खेतमा काम गरिरहेका बेला रामेछाप, साँघुटारमा गोली हानी हत्या गरिएको थियो। बावुलाई हत्या गरेको देखेपछि छोरीले पनि ज्यान दिएकी थिइन् । पुनरावेदन अदालतले र जिल्लाले ढुङगेलको मुद्दामा फैसला गर्दै सर्वोच्चले समेत आफ्नो राय सुनाइसकेको छ।