Incident Reports

उद्योग आगजनीका अभियुक्त सार्वजनिक

2016-01-08

Province 1, Jhapa, Mechinagar

दुहागढीको एक उद्योगमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका विप्लव माओवादीका चार कार्यकर्तालाई बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले संखुवासभा वाना–९ का बाबुराम राई, झापा पृथ्वीनगर–५ का नवीन अधिकारी, इटहरी सुनसरीका पुष्प अधिकारी र झापा कुमरखोदका चमनलाल माझीलाई सार्वजनिक गरेको हो । उनीहरूमाथि साकम्वरी प्रोडक्टमा तीन साताअघि आगजनी गरेको आरोप छ । विप्लव माओवादीका जिल्ला सेक्रेटरीसमेत रहेका बाबुराम राईको योजनामा सो उद्योगमा आगजनी भएको पाइएको झापा प्रहरीका प्रवक्ता भीम दाहालले जानकारी दिए । आगजनीबाट उद्योगमा ३३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको थियो । उनीहरूले मजदुर र कर्मचारीलाई पेस्तोल देखाउँदै आगो लगाएको डिएसपी दाहालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Arrest (politically significant)
Weapons Homemade/traditional firearms , Small arms
Primary Cause Unclear
Secondary Cause Other types of criminal activity
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments