Incident Reports

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

2016-01-07

Province 1, Morang, Biratnagar

प्रहरीले कटुवा पेस्तोलसहित एक युवकलाई विराटनगर बसपार्कबाट पक्राउ गरेको छ। विराटनगर-१ बस्ने मनोज यादवको १८ वर्षीय छोरा विकास यादवलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। आफ्नो शरीरको कम्मरमा लुकाइराखेको अवस्थामा सादा पोसाकमा खटिएको प्रहरीलाई शङ्का लाग्दा उनको खानतलासी गर्ने क्रममा कटुवा पेस्तोल र गोली राउन्ड दुई बरामद भएको हो। उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक कारबाही सुरु गरिएको छ।
National/Online Media

0 Comments