Incident Reports

नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर ८० हजार घुस लिँदालिँदै पक्राउ

2016-01-08

नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर श्यामकाजी पियालाई ८० हजार घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले पक्राउ गरेको छ । शुक्रबार बिहान उपमहानगरपालिकाको योजना तथा प्रविधिक शाखा प्रमुख पियालाई उनकै कार्यकक्षबाट ८० हजार रकम सहित रंगेहात पक्राउ गरिएको हो । आयोगकको सम्पर्क कार्यालय कोहलपुरका एसपी दीपक थापाका अनुसार पियाले उपमहानगरपालिकाको कुर्मी टोलदेखि चमार टोलसम्मको बाटो ढलानको लागि छुट्याइएको रकम मध्ये आफूलाई केही प्रतिशत मिलाउन भन्दै घुस मागेका थिए । थापाका अनुसार पियाले कुर्मी चमार उपभोक्ता सुधा समितिका कोषाध्यक्ष भगत कश्यसँग उक्त बाटो ढलानको लागि छुट्याइएको रकमको दश प्रतिशत रकम मिलाइदिन भनेका थिए । उक्त ढलानको लागि उपमहानगरपालिकाले साढे ८ लाख रुपैयाँ छुट्याएको थियो । इन्जिनियर पियालाई थप अनुसन्धानको लागि अख्तियारले लगेको छ ।

0 Comments