Incident Reports

हतियारसहित पक्राउ

2016-01-10

Gandaki, Syangja, Putalibazar

प्रहरीको गोलीबाट मारिएका डन कुमार घैँटे समूहका एकजनालाई नुवाकोट प्रहरीले शनिबार हतियारसहित पक्राउ गरेको छ । ककनी–९ घर भएका २६ वर्षीय सानु भन्ने युवराज गुरुङलाई प्रहरीले रातमाटे–९ महादेवफाँटबाट पक्राउ गरेको हो । नुवाकोटमा विभिन्न अपराधमा संलग्न भई प्रहरीको फरार सूचीमा रहँदै आएका गुरुङलाई स्थानीय व्यवसायीलाई धम्क्याउने गरेको सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ३८ बोर रिभल्बर एक थान, त्यसमा लाग्ने गोली एक थान र बुलेटपु्रफ ज्याकेट पनि बरामद गरेको जनाएको छ । उनी दुईवटा मुद्दाका फरार अभियुक्त पनि हुन् ।
National/Online Media

0 Comments