Incident Reports

आरनमा पेस्तोल बनाउने पक्राउ

2016-01-10

Lumbini, Banke, Rapti Sonari, Ward 4

आरनमा अवैध रुपमा घरेलु हतियार बनाउने एकलाई बाँके प्रहरीले पक्राउ गरेको छ । आरन पसलबाट कटुवा पेस्तोल, रिभलभर पेस्तोल, बन्दुक र गोगीबारुद उत्पादन गर्दै आएका वैजापुर–४ का गुन्जरुबहादुर लोहार पक्राउ परेका हुन् । प्रहरीले आईतबार घरबाटै उनलाई नयाँ निर्मित हतियार सहित पक्राउ गरेको हो । प्रहरीले लोहारको घरमा भर्खरै निर्माण गरिएका कटुवा पेस्तोल पाँच, रिवलभर पेस्तोल एक थान बरामद गरेको छ । यस्तै राईफलको खोका ३०३ वटा र हतियार बनाउन प्रयोग गरिने ३८ वटा औजार बरामद गरेको छ । हातहतियार बनाई बिक्री बितरण गर्दै आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र क्षेत्रीय अनुशन्धान टोलीले लोहारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बीरबहादुर थापाले बताए । पक्राउ लोहार र हतियार नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैईरहेको उनले बताए। लोहारले लामो सयमदेखि पेस्तोल, बन्दुक, राईफल र त्यसका गोलीबारुद उत्पादन गरि भूमिगत समूहलाई विक्रि गर्ने गरेको प्रहरीले बताएको छ । उनी वैजापुरमा बसेर फलामका भाँडाकुडा बनाउने काम गर्दै आएका थिए ।
National/Online Media

0 Comments