Incident Reports

अपराधी समात्न भन्दै नियम नाघेर भारतीय प्रहरी नेपाल पसे

2016-01-16

Madhes, Bara, Kalaiya

' भन्दै गुहार माग्न थाले । त्यतिकैमा सिबिलमा रहेका सबै भारतीय प्रहरीलाई सयौको संख्यामा स्थानीयले घेरा हाली पप्पुलाई बचाउन सफल भएका कुरा कलैया निवासी दिपु गुप्ताले बताए । गुप्ताले वर्षौदेखि किराना पसल संचालन गर्दै आएकालाई विना कारण कसैले पक्रेर लैजान खोजेपछि पक्रने व्यक्तिको प्रतिकारमा अधिकांश टोलवासीहरु उत्रन बाध्य हुनु परेको बताए । सिविलमा रहेका भारतीय प्रहरीहरुलाई कलैयामा स्थानीयहरुको भिडले घेरेपछि भारतीय प्रहरीले भीडलाई 'यह (पप्पु) 'सुटर' है, हम लोग भारतका पुलिस है, इनको गिरफ्तार करने आए है, हमरा आई कार्ड देखिए' भन्दै स्थानीयको सहारा खोज्दा नखोज्दै सूचनाको आधारमा नेपाल प्रहरी आइपुग्यो । पछि भारतीय प्रहरीलाई नेपाल प्रहरीले सुरक्षा दिएको थियो । बाराका प्रहरी उपरिक्षक नरेन्द्र उप्रेतीले भारतीय प्रहरीहरु हामीसँग भेट गर्न आएको बताए । उप्रेतीले भारतीय सिमावर्ती तीनवटा प्रहरी चौकीका इन्चार्जका टोलीहरु भेटन आउँदा बाटोमा भारतबाट भागेर आएका अपराधीलाई देखेर समात्न खोज्दा स्थानीयहरुले त्यसको विरोध गरेको बताए । उपरिक्षक उप्रेतीले बारा प्रहरीसँग समन्वय गरेर भारतबाट फरार अपराधी पप्पुलाई पक्रन अाउँदा स्थानीयले विरोध गरेका बताए ।

0 Comments