Incident Reports

बागलुङको सहकारीको कार्यालय नजिकै कुकर बम

2016-01-18

बागलुङ सदरमुकामस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिडेटको कार्यालय नजिकै प्रेसर कुकर बम भेटिएको छ । सहकारीको कार्याल अगाडिको जुत्ता चप्पल राख्ने दराजमाथि चेतावनी पत्र सहितको शक्तिशाली प्रेसर कुकर बम फेला परेको हो । यो सहकारी रहेको भवनको माथिल्लो तलामा स्थानीय धौलागिरि टेलिभिजनको कार्यालय रहेको छ । बमसहितको त्यो झोला आइतबार राति नै राखिएको अनुमान स्थानीयबासिन्दाले गरेका छन् । झोलामा भित्र तारले बाँधेर राखिएको अवस्थामा एक लिटरको कुकर बम भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । कुकर बम इमेज सहकारी संस्थालाई लक्षित गरी राखिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। बम भेटिएपछि जिल्ला प्रहरी कार्यालय बागलुङको टोली घटनास्थलमा पुगेर सो भवनमा रहेका मानिसलाई त्यहाँबाट हटाएको छ । बम राख्ने समूहबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बम निष्कृय बनाउनका लागि प्रहरीले नेपाली बागलुङस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments