Incident Reports

बन्द पसलबाटै ग्यासको कालोबजारी गर्ने पक्राउ

2016-01-19

Bagmati, Lalitpur, Lalitpur

प्रहरीले बजारमा ग्यासको चरम अभावमा अधिकाँश समय बन्द रहेको पसलबाट ग्यास कालोबजारी गर्दागर्दै संचालकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले सानेपास्थित श्रीराम तथा राजधानी ग्यासका संचालक अमित महर्जनलाई महँगोमा ग्यास बेचिरहेको अवस्थामा पक्राउ गरेको हो। प्रहरीले महर्जनले लुकाएर राखेको २३ वटा सिलिण्डर समेत बरामद गरेको छ। परिसरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले ग्यासको चरम अभावमा सर्वसाधारणलाई भन्दा महँगो मूल्य दिनेलाई महर्जनले धेरै अघिदेखि बेच्दै आएको बताए। उनले निगरानीकाक्रममा बुधबार महर्जन रंगेहात पक्राउ परेको बताए। ठेचो घर भएका महर्जनले सानेपामा ९ महिना अघि देखि मात्र ग्यास डिपो संचालन गर्दै आएका थिए। परिसरका डिएसपी दयानिधीले ग्यास वितरणको लागी लिस्टिङ भएता पनि आफूखुशी सटर बन्द गरी ब्यक्तिगत सानो गाडी, मोटरसाईकल तथा स्कुटीको प्रयोग गरी महर्जनले ग्यास बेच्ने गरेको बताए । उनका अनुसार महर्जनलाई कालोबजारी मुद्दामा म्याद थप गरी अनुसन्धान भै रहेको छ । प्रहरीले महर्जनले अन्य स्थानमा समेत ग्यास डिपो लिएर कालोबजारी गरिरहेको हुनसक्ने आशँकामा अनुसन्धान गरिरहेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments