Incident Reports

रंगेली घटनाको विरोधमा लिम्बुवानद्वारा पूर्वका ९ जिल्ला बन्द

2016-01-24

मोरङको रंगेलीमा गएको बिहीबार भएको घटनाको विरोधमा लिम्बुवान संघर्ष समितिले पूर्वका नौ जिल्ला बन्द गराएको छ । समितिले गराएको बन्दका कारण पूर्वका नौ जिल्लामा यातायात ठप्प भएको छ । पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङमा गाडी नचल्दा यात्रु अलपत्र परेका छन् । बन्दका कारण त्यस क्षेत्रका विद्यालय र बजार पसल पनि खुलेका छैनन् । लिम्बुवानले रंगेलीमा प्रहरीको गोली लागेर तीनजनाको ज्यान गएको बिरोधमा बन्द गराएको हो । गएको बिहीबार प्रहरीको गोली लागेका बरडंगा–२ का ४० वर्षका महादेश ऋषीदेव, मोरङको डाइनियाका शिबु माझी र बरडंगा–३ की ६५ वर्षकी द्रौपदी चौधरीको ज्यान गएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Limbhuvan/Khombuwan Armed Groups
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) APF Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis