Incident Reports

मधेसी मोर्चाद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजानिक

2016-01-25

Bagmati, Kathmandu, Kathmandu, Ward 28

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आगामी माघ १८ गतेसम्मका लागि आन्दोलनको थप कार्यक्रम सार्वजनिक गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा माघ ११ गते बसेको मोर्चाको बैठकले आन्दोलनका थप कार्यक्रम गर्ने निर्णय गरेको हो । सीमा नाकामा जारी धर्ना कार्यक्रम बारे मौन रहँदै मधेसी मोर्चाले माघ १३ गते सहीदको सम्मानमा सदरमुकाममा सार्वजनिक स्थानमा मैनबत्ती प्रज्वलन गर्ने, माघ १६ गते जनतालाई आन्दोलन र विकसित परिस्थितिबारे जानकारी गराउने, क्षेत्रीयस्तरका सभाहरू गर्ने र माघ १८ गते सदरमुकामहरूमा राजनीतिकर्मी, बुद्धिजीवि, कर्मचारीसहित समाजका सबै वर्गलाई सहभागि गराएर आन्दोलन र विकसित परिस्थितिबारे जानकारी दिने कार्यक्रम तय गरेको छ । रङ्गेली घटनाको विरोध गर्दै मधेसी मोर्चाले प्रमुख तीन दल र सरकारसँग जारी वार्ता तथा संवाद भाँड्ने उद्देश्यले उक्त घटना गराइएको दावी गरेको छ । बैठकपछि मोर्चामा आवद्ध दलका नेताहरूद्वारा जारी बिज्ञप्तिमा भनिएको छ- "रङ्गेली-डायनियालगायत बिभिन्न ठाउँमा भएका घटनाको निष्पक्ष छानविन र दोषीमाथि कारवाही गर्न यथाशिघ्र उच्चस्तरिय न्यायिक छानविन आयोग गठन गर्न माग गर्दैछौँ ।"

0 Comments

Related Trend Analysis