Incident Reports

कांग्रेसको मतदान केन्द्रमा प्रहरीमाथि खुकुरी हानियो

2016-01-29

धरानस्थित नेपाली कांग्रेसको वडा समितिको मतदान केन्द्रमा खुकुरी प्रहार गरिँदा दुईजना प्रहरी घाइते भएका छन् । केही दिनअघि संघीय समाजवादी फोरम नेपाल त्यागेका दुई युवाहरुले मतदान केन्द्रमै पसेर खुकुरी प्रहार गर्दा प्रहरी हवलदार जीतबहादुर बराइली र जवान सुरजकुमार साह घाइते भएका हुन् । धरान–१७ उदय सामुदायिक वनको मतदान केन्द्रमा पसेका अजय राई र वरुण राई नेतृत्वको समूहले आक्रमण गरेको हो । घाइते प्रहरी जवान सुरजकुमार साह खुकुरी प्रहारबाट हवलदार बराइलीको घुँडामा गहिरो चोट लागेको छ । कांग्रेस स्रोतका अनुसार संघीय समाजवादी त्यागी कांग्रेसमा फर्केका अजय र वरुणसहितको क्रियाशिल सदस्यता स्वीकृत नगरिएपछि उनीहरुले मतदान केन्द्रमा आक्रमण गरेका हुन् । कांग्रेसका स्थानीय नेता सुवास राईका अनुसार आक्रमणपछि त्यहाँको मतदान कार्यक्रम स्थगित गरिएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली पठाइएको छ । दुबैजनाको अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments