Incident Reports

गोली लोड गरेको तीन थान बन्दुक जंगलबाट बरामद

2016-01-31

Province 1, Dhankuta, Sangurigadhi

धनकुटाको भेडेटारबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ । भेडेटार गाविस–४ स्थित कान्फेक जगंलबाट प्रहरीले लोड गरिएको अवस्थामा राखिएका भरुवा बन्दुक बरामद गरेको हो । भरुवा बन्दुकसहित केही व्यक्ति सिकार खेल्न गएको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट गएको गस्ती टोलीले हतियार फेला पारेको हो । सिकारीहरु भने भाग्न सफल भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
National/Online Media

0 Comments