Incident Reports

बिमलेन्द्र निधीको घरमा मोर्चा कार्यकर्ताले आगो लगाए

2016-02-01

Madhes, Dhanusha, Ward 23

मधेशी मोर्चाका कार्यकर्ताले नेपाली काँग्रेसका नेता एंव सांसद विमलेन्द्र निधिको घरमा आगजनी गरेका छन्। जनकपुर –१ मिल्स एरियास्थित निधीको घरमा मोर्चा कार्यकर्ताले लगाएको आगोले उक्त घरमा पार्किङ गरी राखिरहेको ज ३ प ९४३८ नम्बरको होण्डा साइन मोटरसाइकल जलेर ध्वस्त भएको छ। प्रदर्शनकारीले निधीको घरको कम्पाउन्ड वाल भत्काइदिएका छन् भने घरभित्र पनि ढुंगामुढा प्रहार गरेका छन्। रामसागर रामस्वरुप बहुमुखी क्याम्पसका प्रमुखसमेत रहेका सांसद निधीका दाजु नवेन्द्र निधी बस्ने घरभित्रै पसेर प्रदर्शनकारीले ढुंगामुढा गरेका छन्। प्रदर्शनकारीले हानेको ढुंगाले लागेर सांसद निधीकी भाउजु किरण निधी घाइते भएकी छिन्। हात, पाखुरा र पिठ्युमा ढुंगा लागेको उनले बताइन्। आन्दोलनकारीले निधीको घर आगनमा राखिएको आधा दर्जन कुर्सी पनि भाँचिदिएका छन्। घटनापछि पुगेको प्रहरी र छिमेकीले मिलेर आगो नियन्त्रणमा लिएपनि मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको रेल्वे स्टेशन प्रहरी चौकीका इन्चार्ज अयोधीप्रसाद यादवले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Assault (small group)
Weapons Blunt weapon , Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis