Incident Reports

जिल्ला प्रहरी कार्यालयबाटै घुससहित समातिए सई

2016-02-09

Lumbini, Bardiya, Ward 9

RSS अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय बर्दियाको मुद्धाफाँटका सई नरबहादुर सुनार घूससहित पक्राउ गरेको छ । सुनारलाई ठगी मुद्धामा परेका बृजेश यादवलाई छुटाउन लिएको १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुर कार्यालयका एसपी दीपक थापाले जानकारी दिए । घुस प्रकरणबारे छानबिन भइरहेको थापाले उल्लेख गरे ।

0 Comments