Incident Reports

६ महिनापछि हट्यो भैरहवाको निषेधाज्ञा

2016-02-10

जिल्ला सदरमुकाम भैरहवाको विमानस्थललगायतका विभिन्न क्षेत्रमा धर्ना, जुलुस, प्रदर्शन र आन्दोलन गर्न नपाउने गरी ६ महिना अघि जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा माघ २५ गते रातिदेखि हटाइएको छ । संविधान निर्माणको प्रक्रियामा असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलहरूले सुरु गरेको आन्दोलन हिंसात्मक र उदण्ड बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सदरमुकामका केही क्षेत्रमा निषेधाज्ञा लगाएको थियो । अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए । जिल्ला सुरक्षा समितीको बैठकले निषेधाज्ञा कायम राख्न आवश्यक नदेखिएको ठहर गर्दै हटाउने निर्णय गरेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धि गुरुङले बताए । गत भदौ ३ गते भारतीय सीमावर्ती क्षेत्र सुनौली-बेलहिया स्थित भन्सार कार्यालयमा आगजनी तथा तोडफोडको प्रयास गर्दै मधेशी मोर्चाका कार्यकर्ताले आन्दोलन गरेपछि भैरहवामा दिनभर तनाव भएको थियो । उक्त घटना पछि भदौ ५ गतेदेखि सुरक्षा समितीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

0 Comments