Incident Reports

प्रहरीद्वारा हिरासतमा यातना दिएको आरोप

2016-02-12

Bagmati, Rasuwa, Gosaikunda

ठूलोगाउँ गाविस-७ का वेदनिधि अधिकारीलाई फागुन ३ गते जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरीले कुटपिट गरी मानसिक तथा शारीरिक यातना दिएको पीडितले बताएका छन् । स्थानीय ठूलोगाउँ गाविस-६ की सोनाम तामाङले ०७२ माघ २९ गते अधिकारीले आफूसँग लिएको तीन लाख रुपियाँ फिर्ता नगरेको भन्दै डाडागाउँ प्रहरी चौकीमा जाहेरी दिएपछि प्रहरीले उनलाई फागुन १ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय धुन्चे पठाएको थियो । तीनजना प्रहरी जवानले कुटपिट गरी ढाडको हड्डी भाँचिएको तथा नीलडाम भएको पीडितले बताए । जिल्ला प्रहरी कार्यालयका डिएसपी अवदेश बिष्टले भने आफू नभएको समयमा घटना भएको बताए । घाइतेको उपचार र घटनाका बारेमा छानबिन समिति गठन गरी कारबाही प्रकृया अगाडि बढाउने उनले बताए । हेमनाथ खतिवडा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Torture
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Secondary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments