Incident Reports

हाराहाङ्ग समूहका उपकमाण्डर लिम्बू पक्राउ

2016-02-25

Province 1, Jhapa, Damak

भूमिगत किराँत मूलवासी राष्ट्रिय फोर्स हाराहाङ्ग समूहका उपकमाण्डरलाई प्रहरीले आज झापाको दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्जराज लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई दमक–१२ सुकुम्वासी बस्तीमा लुकेर बसेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । ताप्लेजुङका स्थायी बासिन्दा रहेका उनी केही समयदेखि झापामा बसोवास गर्दै आएको प्रहरीले जनाएको छ । गत असोज महिनामा ताप्लेजुङको इखाबु भन्ने स्थानमा प्रहरीसँगको दोहोरो भिडन्तमा उनी संलग्न भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त रहेको र उनलाई आज नै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पठाइएको प्रहरीले जनाएको छ । रासस

0 Comments