Incident Reports

पूर्वाञ्चल इन्जीनियरिङ क्याम्पसमा तालाबन्दी र तोडफोड

2016-02-28

Province 1, Sunsari, Dharan, Ward 9

सुनसरीको धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका इलेक्ट्रोनिक्स तेस्रो बर्षका विद्यार्थीहरुले आइतबार क्याम्पस प्रशासन तोडफोड गर्नुका साथै तालाबन्दी गरेका छन् । तालाबन्दीका कराण ७ जना भित्रै थुनिएका छन् । क्याम्पसको नियमित सिलेवल अनुसार परीक्षा आउन लाग्दा शैक्षिक भ्रमणको रुटिन फेर बदल गरिदिएको र सेमेस्टर बित्न लागे पनि प्रयोगात्मक कक्षा सन्चालन नगरेको भन्दै विद्यार्थीहरुले तोडफोड गरेका हुन् । आक्रोशित विद्यार्थीहरुले क्याम्पस प्रमुख जितेन्द्र चौधरी, इलेक्ट्रोनिक्स विभागका प्रमुख विनयलाल श्रेष्ठ, सहायक क्याम्पस प्रमुख शिखर भट्टराई, शैक्षिक प्रमुख रोहित दंगाललगायतको कार्यकक्ष तोडफोड गरेका छन् । इलेक्ट्रोनिक्स विभागका प्रमुखको कुर्सी क्याम्पसको प्राङ्गणमा ल्याएर टायरसँगै जलाई दिएका छन् । विद्यार्थीको तालाबन्दीपछि शिक्षकहरु बन्दी बनेर बसेका छन् । तालाबन्दी गर्नु अघि वार्ता हँुदा विद्यार्थीको मागलाई गम्भीरतापूर्वक नलिएकाले तालाबन्दीमा उत्रनु परेको विद्यार्थी नविन बानियाँले बताए । उनका अनुसार आगामी चैत १७ गते देखि हुने भनेर परीक्षाको रुटिन आइसकेको अवस्थामा १२ अंकको शैक्षिक भ्रमण लैजान क्याम्पस प्रशासनले ढिलाइ गरेपछि तालाबन्दी गरिएको हो । क्याम्पसको शैक्षिक प्रमुख रोहित दंगालले सोमबार सबै फ्याकल्टीका प्रमुख र क्याम्पस प्रशासन, व्यबस्थापन र विद्यार्थी बसेर समस्या समाधान गर्ने भन्दा भन्दै विद्यार्थीहरु तोडफोड तालाबन्दीमा उत्रेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments