Incident Reports

कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ

2016-02-29

Madhes, Saptari, Belhi Chapena

प्रहरीले कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । बग्धुवा–९ स्थित रिजन होटेलमा बसिरहेको अवस्थामा सप्तरी, बेलिचपेला–६ बस्ने २६ बर्षीय पाण्डवकुमार मण्डललाई उक्त हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको टोलीले खानतलासी गर्दा निजको साथबाट कटुवा पेस्तोल एक थान र सोही पेस्तोलको ४ राउण्ड गोली फेला पारेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका मण्डललाई हतियारसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइ थप अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
National/Online Media

0 Comments