Incident Reports

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक गिरफ्तार

2016-03-04

Bagmati, Lalitpur, Mahankal, Ward 4

विद्यालयको अनुशासन विपरित कार्य गरेको र फागुन २० गते सातौं घण्टी नपढी घर गएको भन्दै फागुन २१ गते लाइन लगाएर विद्यार्थी कुटपिट गर्ने एक शिक्षकलाई प्रहरीले फागुन २२ गते गिरफ्तार गरेको छ । कालेश्वर गाविस-७ स्थित बाघभैरब उच्च माध्यामिक विद्यालयमा सामाजिक शिक्षा पढाउने कालेश्वर-७ का शिक्षक अन्दाजी २८ वर्षीय उपेन्द्र घिमिरेले सोही विद्यालयको कक्षा ८ मा पढ्ने आठ जना विद्यार्थीलाई कुटपिट गरेको मौखिक उजूरीका आधारमा प्रहरीले गिरफ्तार गरेको जनाएको छ । उनलाई काभ्रेपलाञ्चोकको च्याम्राङ्बेसीमा अर्का शिक्षक गणेश दाहालको घरबाट गिरफ्तार गरिएको प्रहरीले बताएको छ । उनले कक्षा ८ मा अध्ययनरत १३ वर्षीय कुलचन्द्र गौतम, रूपेश दाहाल, उत्तम दाहाल, रामकृष्ण गोले, १४ वर्षीय सुमन सिङ्तान र दिपक दाहाललाई लाठी र पाइपले कुटपिट गरेको पीडित विद्यार्थी कुलचन्द्र गौतमले बताए । घाइते सबै विद्यार्थीको उपचार पाटन अस्पतालमा गरिएको विद्यालयका शिक्षक तुलप्रसाद तिमल्सिनाले जानकारी दिए । उनीहरुको हात र पिँडुलामा निलडाम देखिएको छ । एक्सरे प्रतिवेदनमा अन्य कुनै असर नदेखिएको चिकित्सकलाई उद्घृत गर्दै तिमल्सिनाले जानकारी दिए । विद्यालयमा यस्तो कुटपिट गर्ने शिक्षकलाई कारवाही गर्नुपर्ने भन्दै मानवअधिकार सञ्जाल ललितपुरले एक विज्ञप्ति प्रकाशन गरी बालअधिकारको रक्षा गर्नुपर्ने विद्यालयमा शारीरिक यातना हुनु नहुने बताएको छ । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद दाहालले शिक्षकबाट गम्भीर गल्ती भएको भन्दै यस्ता घटना यस विद्यालयमा यस अघि नभएको र आगामी दिनमा पनि हुन नदिने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक लामिछानेले विद्यार्थीलाई कुनै पनि बहानामा कुटपिट गर्न नहुने भन्दै कुटपिट गर्ने शिक्षकलाई कारवाही गरिने बताए । तर, यो विषयलाई राजनीतिक रङ्ग दिन खोजेको भन्दै उनले आक्रोस पोखे । महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी गोबिन्दप्रसाद आचार्यले कुटपिट गर्ने शिक्षकलाई आवश्यक कारवाही गरिने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 8
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 8
Youth Injured 8
INSEC

0 Comments