Incident Reports

तस्करद्वारा प्रहरीमाथि अाक्रमण

2016-03-04

Madhes, Parsa, Bindabasini

पर्साको झौंवा गाविसको मधवलमा धानका तस्करले शुक्रबार राति प्रहरीमाथि आक्रमण गरेका छन्। तस्करले आक्रमण गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको प्रहरीले जनायो। तस्करले प्रहरीको मोटरसाइकलसमेत खोसेका थिए। 'भारतबाट अवैध रुपमा धान पैठारी भइरहेको थाहा पाएर म र एकजना जवानसहित सीमामा पुग्यौ,' स्थानीय पर्सौनी भाठा प्रहरी चौकीका असई सुरेन्द्र साहले भने, 'राति १२ बजेको होला, नम्बर नलेखिएको ट्याकटरमा धान भित्रिँदै थियो, हामीले सोधपुछ गर्दा उनीहरु विवाद गर्न तम्सिए, मैले थप दुई जना प्रहरी बोलाएर ट्याकटर नियन्त्रणमा लिन खोजेपछि स्थानीय गाउँलेलाई जुटाएर उनीहरुले आक्रमण गरिहाले।' साहका अनुसार केहीबेर प्रहरी र तस्करबीच झडपसमेत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेपछि तस्करपछि हटेका थिए। 'हामी थप टोली पठाएर धानको ट्याक्टर नियन्त्रणमा लिएका छौं,' पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने, 'घटनामा संलग्न खोजी भइरहेको छ।' तस्करले प्रहरी चढेको ना३६प ९८३० नम्बरको मोटरसाइकल खोसेर लगेका थिए । शनिबार विहान मधवल गाउँबाट मोटरसाइल फेला पारेर ल्याइएको साहले बताए। प्रहरीका अनुसार मधवलकै चिन्टु तिवारी र उत्तम तिवारीले अबैध रुपमा धान भित्र्याउदै गर्दा घटना भएको हो । चामलको भन्सार दर कम र धानको बढी राखिएपछि गत आर्थिक बर्षदेखि भारतबाट अबैध रुपमा धान भित्रिन थालेको छ। पर्सामा रहेका सय बढी चामल उद्योग धान किन्ने गर्छन्। धानको भन्सार दरमा सहुलियत भए यसको तस्करी रोकिने र चामल उद्योगमा यहाँ भएको आठ अर्ब लगानी जोगिने चालम उद्योगी उमेश चौरसिया बताउँछन्। घटनापछि पर्सौनी भाठा प्रहरी चौकीमा थप प्रहरी तैनाथ गरिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments