Incident Reports

डिजेल तस्करी गर्न लागेको अवस्थामा ट्याङ्करसहित पाँच पक्राउ

2016-03-14

Province 1, Morang, Biratnagar, Ward 5

विराटनगर स्थित पेट्रोल पम्पबाट अवैध रुपमा ट्याङकरमा डिजेल हाली महंगो मुल्यमा अन्यत्र बेच्ने गरेको रहस्य खुलेको छ । विराटनगर क्षेत्रका लागि बिक्री वितरण गर्ने उदेश्यले आयल निगमबाट दिइने डिजेल यहाँ कृत्रिम अभाव सृजना गरि महंगो मुल्यमा अन्यत्र लगी बेच्न लाँदै गरेको ट्याङकर प्रहरीले नियन्त्रणमा लिएसँगै सो रहस्य खुलेको हो । विराटनगरस्थित धिताल आयल ट्रेडर्सबाट अवैध रुपमा आइतबार मध्यरात अन्यत्र लगिँदै गरेको डिजेलसहितको टयाङकर प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले विराटनगर–५, कञ्चनबारीस्थित धिताल आयल ट्रेडर्सबाट ना४ख ४१४२ नम्बरको ट्याङकरमा तेल भर्ने पाईपको नोजलबाट टयाङकरको माथीपटी डिजेल भर्दै गरेको अवस्थामा प्रहरी टोली पुगेको थियो । मोरङका प्रहरी प्रमुख सन्दिप भण्डारीका अनुसार २० हजार लिटर क्षमता रहेको उक्त ट्याङकरमा १९ हजार ५ सय लिटर तेल भरिसकेको अवस्थामा प्रहरी टोलीले पाँचजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा ट्याङकरका चालक सुनसरी सिगिंयाका जोगिन्द्र उराव चौहान , सहचालक सुनसरी प्रकासपुर–६ का भिमबहादुर माझी तथा पेट्रोल पम्पका स्टाफहरू विराटनगर–५ का बजारु चौधरी, रमेश अधिकारी र सुनसरी बक्लौरी–३ का सिताराम चौधरी रहेको प्रहरी उपरिक्षक भण्डारीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments