Incident Reports

मनि ट्रान्फरको ६ लाख लुटेर भाग्दै गर्दा पेस्तोल सहित पक्राउ

2016-03-15

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 9

पोखराको नागढुङ्गास्थित एक मनि ट्रान्फरबाट रकम लुटेर भाग्न खोज्ने एक जना पेस्तोलसहित पक्राउ परेको छ । लुटेरामध्ये दुई फरार छन्। नागढुङ्गास्थित सभ्यता मनि ट्रान्सफरबाट बिहान झण्डै सवा ११ बजे रकम लुटेर भाग्दै गरेका प्रशान्त थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता गुजुसिद्धि ब्रजाचार्यले जानकारी दिए। तीन जनाको समूहमा आएका लुटेराले हतियार देखाएर मनि ट्रान्सफरबाट झण्डै छ लाख रूपैया लुटेका थिए। लुटेको रकम र पेस्तोलसहित सुनसर घर भई पोखराको रामबजारमा बस्ने थापालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो। अन्य दुई जना भाग्न सफल भएको स्थानीयले बताएका छन्। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
National/Online Media

0 Comments