Incident Reports

नवलपरासीमा फेला परेको बम सेनाद्वारा निष्क्रिय

2016-03-15

नवलपरासीको पहाडी धुर्कोट गाविस–६ स्थित गाउँ नजिकैको जङ्गलमा फेला परेका तीनवटा सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ । मङ्गलबार गाउँ नजिकैको जङ्गलमा फेला परेका एउटा सिङ्गल र दुई थान डबल सकेट बमलाई बज्रदल गणबाट सहसेनानी सबिन रायमाझीको नेतृत्वमा गएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । द्वन्द्वकालमा लुकाएर राखिएको हुनसक्ने अनुमान गरिएको एक थान सिङ्गल र दुई थान डबल सकेट बम स्थानीयवासीले देखेपछि सञ्चारकर्मी र प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै नेपाली सेनाको टोली घटनास्थलमा नै पुगी बम डिस्पोज गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments