Incident Reports

बढी मुल्यमा ग्यास र पेट्रोल बिक्री गर्ने पक्राउ

2016-03-21

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको बल्खुस्थित पृथ्वी स्टोर्सकी सञ्चालिका भारत घर भएकी ३८ वर्षीया उमादेवी चौंलागाईंलाई बढी मूल्य लिएर ग्यास बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रतिसिलिण्डर १६ सय रुपैंयामा ग्यास बिक्री गरेको अवस्थामा ८ थान सिलिण्डर ग्याससहित सोमबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। यस्तै, ललितपुर सातदोबाटोस्थित सन्नु पान पसलमा प्रतिलिटर १ सय ७० रुपैयाँका दरले पेट्रोल बिक्री गरिरहेको अवस्थामा पसल संचालक ललितपुर उपमहानगरपालिका–१५ सातदोबाटो बस्ने सप्तरी राजबिराज पटैया–७ का १७ वर्षीय महेन्द्र ईसरलाई पनि प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो पक्राउ परेका उनलाई २५ लिटर पेट्रोलसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments