Incident Reports

यातना दिएको आरोपमा प्रहरीविरूद्ध अदालतमा मुद्दा दायर

2016-03-25

Lumbini, Banke, Rapti Sonari, Ward 2

कचनापुर गाविस-६ हरिहरपुरका २६ वर्षीय अर्जुनकुमार बोहरा र सोही ठाउँका २३ वर्षीय केशवबहादुर थापालाई प्रहरीले यातना दिएको भन्दै यातना दिने प्रहरीविरूद्ध चैत १६ गते बाँके जिल्ला अदालतमा पीडितले यातना क्षतिपूर्तिसम्बन्धि मुद्दा दायर गरेका छन् । घटनामा संलग्न प्रहरीचौकी कचनापुरमा कार्यरत हवल्दार जनार्दन चौधरी र सोही कार्यालयमा कार्यरत प्रहरी जवान पदम बोहराविरूद्ध एडभोकेसी फोरमको कानूनी सहयोगमा यातना क्षतिपूर्तिसम्बन्धि मुद्दा दायर भएको हो । होली खेल्ने क्रममा स्थानीय राजेन्द्र पुन र रोशन बस्नेतसँग झगडा गरेको आरोपमा प्रहरीचौकी कचनापुरका प्रहरीले गिरफ्तार गरि दुई दिनसम्म यातना दिई गम्भिर रूपमा शारीरिक तथा मानसिक चोट पुर्‍याएको पीडितहरूद्वारा दायर गरिएको मुद्दामा उल्लेख छ । यातनाका कारण ढाड, हिप, कुहिना र खुट्टालगायत शरीरका विभिन्न भागमा निलडाम र चोट देखिएको अस्पतालको मेडिकल रिपोर्टमा उल्लेख भएको पीडितका कानुन व्यवसायी अधिवक्ता बसन्त गौतमले बताए । पीडितहरूले चैत १२ गते इन्सेक क्षेत्रीय कार्यालयमा निवेदन दिएपछि घटना बाहिर आएको थियो । इन्सेकले आवश्यक पहलका लागि सोही दिन राष्ट्रिय मानवअधिकार आयोगमा सिफारिससमेत गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
INSEC

0 Comments