Incident Reports

६ हजार लिटर डिजेलसहित कालोबजारी गर्ने ४ जना पक्राउ

2016-04-01

Bagmati, Lalitpur, Godawari

प्रहरीले बुधवार तीन र बिहिबार तीन गरी ६ हजार लिटर डिजेलसहित कालाेबजारी गरेकाे अाराेपमा चार जनालाई पक्राउ गरेको छ । ललितपुरको चापाँगाउबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा मिल्चे–६ काभ्रेका ३९ बर्षे दिलबहादुर वाईवा, बज्रबाराही–१० ललितपुरका २५ बर्षे दिपक घिमिरे, बज्रबाराही–११ का रामकृष्ण बस्नेत र थाहा नगरपालिका मकवनपुरका राम कुमार थोकर रहेका छन् । बधुवार पक्राउ परेका वाइवा र घिमिरेले मिनी ट्रकमा तीन हजार लिटर तेल ल्याई बजार मूल्यभन्दा बढीमा बेच्न लागेको अवस्थामा पक्रिएको प्रहरीले जनाएको छ । त्यस्तै विहिवार पक्राउ परेका बज्रबाराही–११ का राम कुमार थोकरले चलाएको ना २ ख ६६९८ नम्बरको निगमको ट्याङकरमा तीन हजार लिटर डिजेल राखि शान्ति कन्सक्ट्रसन प्रालिको लागि लैजाँदै गरेको अवस्थामा रामकृष्ण बस्नेत र थोकलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई कालो बजारी ऐन अन्तर्गत कारबाहीका लागि अनुुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments