Incident Reports

​सिके राउतको अभिब्यक्ति प्रसारण गर्ने कारण पेश गर्न एबिसीलाई निर्देशन

2016-04-01

Bagmati, Lalitpur, Lalitpur

नेपाल प्रेस काउन्सिलले सिके राउतको आपत्तिजनक अभिब्यक्ति प्रसारण गर्नुको कारण ३ दिनभित्र पेश गर्न एबिसी टेलिभिजनलाई निर्देशन दिएको छ । एबिसी टेलिभिजनबाट प्रसारित राउतको अन्तवार्तामा आपत्तिजनक विचार ब्यक्त भएको पाइएकाले यसलाई तत्काल सच्याउन र यसको कारण तीन दिनभित्र पेश गर्न पत्राचार गरिएको प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिनुभयो । एबिसी टेलिभिजनको यो कामले पत्रकार आचारसंहिताको गम्भीर र ठाडो उल्लंघन भएको पाइएको उहाँले बताउनुभयो । राउतले मधेसलाई नेपालबाट अलग्गै राज्य बनाउनुपर्ने अभिब्यक्ति दिएका थिए । ​

0 Comments