Incident Reports

काम नगर्ने भन्दै गाविस सचिवले जिविसमा छाप बुझाए

2016-04-08

आफ्नो दरबन्दीभन्दा बढी गाविसको काम जिम्मा लिएका गाविस सचिवहरुले बिहीबार जिल्ला विकास समितिमा छाप वुझाएका छन् । रामेछापका विभिन्न ७ गाविसको काम अर्को गाविसको सचिवलाई जिम्मा लगाइँदै आएकोमा उक्त गाविसको काम गर्न नसक्ने भन्दै सचिवहरुले स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाइ छाप वुझाएका हुन । छाप बुझाउन गएका सचिवहरुलाइ पन्तले राष्ट्रिय विपत्तिका बेला कामबाट भाग्ने भन्दा पनि सवैले मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । नागरिकको सेवा प्रवाहमा सानातिना समस्या सहनुपर्ने समेत पन्तले सचिवहरुलाइ आग्रह गरेका थिए । गाविस सचिव रामहरी अधिकारीको नेतृत्वमा जिविसमा पुगेका सचिवहरुले वेताली, कुभुकास्थली, दोरम्बा, टोकरपुर, माकादुम, खााडादेवि र गौश्वारा गाविसका छाप बुझाएका हुन । यी गाविसहरुमा बिहीबार देखिनै सिफारीसलगायतको काममा समस्या हुने भएको छ । यसैगरी, गाविस सचिवहरुले राष्ट्रिय पुननिर्माण प्राधिकरण सम्बन्धी कुनै पनि काम नगर्ने भएका छन् । पुननिर्माणको सिलसिलामा जिल्लामा काम सुरु हँुनै लाग्दा सचिवहरुको यस्तो अडान आएको हो । अतिरिक्त काम थोपरेपनि सुविधा नदिएको भन्दै सचिवहरुले प्राधिकरणको काम नगर्ने अडान लिएको अधिकारीले बताए ।

0 Comments