Incident Reports

भ्रष्टचार र कालोबजारी विरुद्ध नयाँ शक्ति नेपालको धर्ना

2016-04-10

Bagmati, Kathmandu, Kathmandu

बाबुराम भट्टराईको नेतृत्वमा बिहान १० देखि १२ बजेसम्म धर्ना दिइएको हो । धर्नामा बसेका नयाँ शक्ति नेपालका नेताले ‘राष्ट्रिय एकता कायम गरौँ, कालोबजारी अन्त्य गर, भूकम्पपीडतलाई तत्काल राहत दिऊँ, महिला हिंसा अन्त्य गर, भ्रष्टचारीलाई कारवाही गर, दैनिक उपभोग्य वस्तु सहज पार, मधेश आन्दोलनका जायज माग पूरा गर, पूननिर्माणको काम छिटो गर’ लगायतका नारा लगाएका थिए । नयाँ शक्तिले आफ्नो पाँच ‘स’ सम्बन्धी अवधारणालाई प्रष्ट पार्न, भूकम्पपीडितको पीडा सम्बोधन गर्न, विभिन्न तह र तप्कामा भैरहेको भ्रष्टाचार कालोबजारी तथा महँगीका विरुद्ध दबाब दिन विशेष धर्ना कार्यक्रम आयोजना गरिएको नयाँ शक्तिको फेसबुक पेजमा उल्लेख छ । नयाँ शक्ति नेपालले धर्नामा सहभागी सम्पूर्णलाई धन्यावाद व्यक्त गरेको छ । धर्नामा बसेकाहरुले विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्ति नेपालका संयोजक भट्टराईले मधेशको समस्या मधेसको मात्र नभई राष्ट्रिय समस्या भएको बताए । उनले मधेसमा अर्को आन्दोलनको अबस्था आउनुभन्दा अगाडि नै राज्यले अहिलेको समस्या सम्बोधन गर्नुपर्ने बताए । त्यसैगरी उनले सबै समुदायलाई एकताबद्ध बनाएर राष्ट्रिय एकताको वातवरण बनाउनुपर्ने बताए । यसबाहेक आफ्नो सम्बोधनमा उनले कालोबजारी बन्द हुनुपर्ने, सरकार यसका लागि गम्भीर भएर लाग्नुपर्ने, भूकम्पपीडितलाई तत्काल राहत दिनुपर्ने तथा छिटो पुनर्निर्माणको काम अगाडि बढाउन माग गरे । धर्नाको समापन गर्दै केन्द्रीय सचिवालय सदस्य विरेन्द्र पोखरेलले महँगी र कालोबजारीका विरुद्ध संघर्ष गर्ने बताए । उनले देशमा परिपाटी हराएको र यसले कालोबजारी थप बढने बताए । उनले पुनर्निर्माणको काम अगाडि बढाउन पनि आग्रह गरे । राहतको काममा सुस्तता आउनु गलत भएको उनको भनाई थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Naya Shakti
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments