Incident Reports

बुढानिलकण्ठ नगरपालिकाका २ कर्मचारी घुस लिँदै गर्दा पक्राउ

2016-04-11

बुढानिलकण्ठ नगरपालिकाका सर्भेयर सुमन श्रेष्ठ र कार्यालय सहयोगी सुरेश श्रेष्ठ सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन् । घर निर्माण सम्पन्न कागज बनाइदिनसेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिँदै गर्दा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

0 Comments