Incident Reports

'गरिबी निवारणका कर्मचारीबाट चार करोड ३४ लाख भ्रष्टाचार'

2016-04-18

Bagmati, Kathmandu, Kathmandu

गरिवी निवारण कोष काठमाडौंका ३६ जना कर्मचारीहरुविरुद्ध करोडौं भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दाय गरेको छ । अख्तियारका अनुसार कोषका कार्य प्रवन्धकहरु, लेखा अधिकृतहरु, लेखा सहायक, वित्त तथा प्रशासन प्रमुख र कार्यकारी निर्देशक समेतले मिलेमतोमा व्यक्तिगत लाभ पुर्याउने गरी विभिन्न आर्थिक वर्षमा अनियमितता गरेकाले मुद्दा दायर भएको हो । अख्तियारका अनुसार कार्यप्रवन्धक दीपा रेग्मी, महेशकुमार शाही, वित्त तथा प्रशासन प्रमुख मनोज चिपालु र कार्य प्रवन्धक मनोजकुमार गुप्तासहित ३६ जनाको मिलेमतोमा यो भ्रष्टाचार भएको हो । उनीहरुले आर्थिक वर्ष ०६६।०६७ मा ९६ लाख २५ हजार चार सय ३० रुपैयाँ आ.व. ०६७।०६८ एक करोड ८४ लाख ४२ हजार नौ सय ६९ रुपैयाँ र आ.व. ०६८।०६९ मा एक करोड ५४ लाख १९ हजार पाँच सय १६ रुपैयाँसहित जम्मा चार करोड ३४ लाख ८७ हजार नौ सय १६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । उनीहरुले विभिन्न कार्यक्रम र त्यस बापतको भ्रमणका नाममा खर्च भएको भनि नक्कली विल भर्पाई पेश गरी पेश्की फछर्यौट गरी भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।

0 Comments