Incident Reports

हतियार बनाउने पक्राउ

2016-04-18

Sudurpashchim, Kailali, Dhangadhi, Ward 7

अवैधरुपमा हातहतियार निर्माण तथा मर्मतको काम गर्दै आएका कैलाली मसरिया–२ का राजेश भनिने ३९ वर्षीय वावुराम बिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीबाट हतियार र हतियार निर्माणका लागि प्रयोग गरिनें सामग्रीहरु समेत बरामद गरेको छ । विकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनलाई सोमबार बिहान प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका बिकले आफू पूर्व माओवादी लडाकु भएको बताए । उनले युद्धकालमा प्राप्त ज्ञानको आधारमा अहिले हतियार बनाउने र मर्मतको काम गरेको स्वीकारे । प्रहरीले उनीबाट हतियार निर्माण तथा मर्मतका लागि प्रयोग गरिने मसिन १ थान , हतियार बनाउने जानकारीमुलक पुस्तिका १ थान, एसएलआर र ३०३ राईफलको म्याग्जिन १/१ थान ,७७ र ५५ पेस्तोलको म्याग्जिन १/१, नल कटुवा पेस्तुल १, सर्टगन कार्टिज थान १लगायतका सामग्री बरामद गरेको छ । प्रहरी उपरीक्षक बिष्टले पक्राउ परेका बिकलाई हातहतियार तथा खरखजना ऐन २०१९ को दफा २० को २ बमोजिम मुद्दा दर्ता गरिनें बताए ।
National/Online Media

0 Comments