Incident Reports

द्रूत मार्ग निर्माण नेपालीलाई देऊ : माओवादी

2016-04-17

Bagmati, Kathmandu, Kathmandu

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले काठमाडौं तराई द्रूत मार्गको निर्माण मुलुकको आफ्नै लगानीमा गर्न सरकारसमक्ष माग गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै माओवादी अध्यक्ष चन्दले अहिलेकै अवस्थामा द्रूत मार्ग निर्माण गरिए राज्यको ढुकुटी रित्तिने चेतावनी समेत दिएका छन् । ‘यही हालतमा निर्माण गर्न दिइयो भने एकातिर त्यहा चल्ने सवारी साधनले चर्को सडक कर तिर्नुपर्ने हुन्छ, जसको मूल्य गाडीभाडाभन्दा दसौं गुणा बढी हुन्छ,’ चन्दको विज्ञप्तिमा छ, ‘ अर्कोतिर निर्माणकै क्रममा प्रक्षेपण गरिएको लागत महगो हुनाले सम्पूर्ण दायित्व राज्यले बेहोर्नुपर्ने हुन्छ । त्यसैले नेपाली कम्पनीलाई नै निर्माण गर्ने दायित्व दिइनुपर्छ ।’ २०७१ चैतमा सरकारले द्रुत मार्ग बनाउन भारतीय कम्पनीलाई जिम्मा दिने निर्णय गरेको थियो । उक्त मार्गले काठमाडौंलाई वीरगन्जसम्म कम समय र दूरीमा जोड्ने भए पनि निर्माणका लागि तोकिएका शर्त राष्ट्रको हितमा हुन नसकेको माओवादीको दाबी छ । माग सम्बोधन नभए कडा संघर्षमा आफ्नो दल ओर्लने चन्दले चेतावनी दिएका छन् ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people 100
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments